
काठमाडाैं । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया