कैलाश सिरोहियालाई थप तीन दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासत राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति रिएको छ ।

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा अनुसन्धान चलिरहेको छ ।

सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेको थियो ।

यसअघि अदालतले सिरोहियालाई ३-३ दिन गरेर ६ दिन हिरासत राख्न अनुमति दिइसकेको छ ।

प्रतिक्रिया