केपी ओलीले देखाए भष्मासुर रुप !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा अझै पनि एमाले अध्यक्ष केपी ओलीको चर्चाले प्राथमिकता पाइनै रहेको छ ।

दशौं महाधिवेशन सम्पन्न गरेको नेकपा एसले यस महाधिवेशनमा पनि केपी ओलीलाई राम्रै स्थान दियो । महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनमा प्राय ठाउँमा एमाले र केपी ओलीप्रतिको तुष पोखिएको नै देखिन्छ ।

यसैबीचमा अहिले फेरि नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् । सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए ।

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे । उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरुले एमालेबाट बिद्रोह गर्नुपरेको पनि बताए ।

सम्मानित नेता खनालले आफूहरुले दक्षिणपन्थी अवसरवादी विरुद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार