कान्तिराम ढुंगानाले दिए खुलाबाट बार केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । युवा कानुन व्यवसायी कान्तिराम ढुंगानाले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनका लागि केन्द्रीय सदस्यतर्फ खुलामा उम्मेदवारी दिएका छन् ।

वाणिज्यशास्त्र र अन्तराष्ट्रिय कानुनमा स्नात्तकोत्तर गरेका अधिवक्ता ढुंगानाले कुनैपनि समूह र प्यानलमा सहभागी नभई केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नागरिक अधिकार, मानवअधिकार, राजनैतिक बन्दीहरूका बिषयमा बहस पैरवी गर्दै आएका ढुंगानासंग नेपाल बारको मानवअधिकार समितिमा बसेर समेत काम गरेको अनुभव रहेको छ ।

काठमाडौंमा कानुन व्यवसाय गरिरहेका ढुंगानाले स्वतन्त्र, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी न्यायपालिकासहित पेशागत हक हीतकालागि प्रतिबद्ध बार भन्ने नारासहित खुलाबाट उम्मेदवारी दर्ता गराएको टुकिखवरलाई जनाए ।

नेपाल बारको निर्वाचन यहि चैत्र १९ गते हुन गइरहेको छ । उनले निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीब्र पारेका छन् । भने, ढुंगानाले यसअघि ललितपुर बारको सदस्य रहेर काम गरिसकेका छन् ।

यस्तै, उनी प्रगतिशील विचारधारालाई अंगिकार गर्ने गर्छन् । उनका एक दाजु सीएन ढुंगाना तत्कालीन माओवादीले थालेको १० वर्षे जनयुद्धको क्रममा राज्य पक्षबाट नेपाली सेनाद्वारा भैरवनाथ गणबाट बेपत्ता पारिएका थिए ।

प्रतिक्रिया