कांग्रेसले छान्यो राष्ट्रियसभाका उम्मेदवार

काठमाडाैं । नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

नेपाली कांग्रेसको विधानमा संघीय सांसद उम्मेदवारको निर्णय संसदीय समितिले गर्ने उल्लेख भए पनि समिति गठन नभएकोले केन्द्रीय कार्य समितिबाट उम्मेदवारको टुंगो लगाएको जनाइएको छ ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समते आहृवान गरेको छ ।

प्रतिक्रिया