कप्तान लामिछानेविरुद्ध जवर्जस्ती करणीमा जाहेरी परेको छ: प्रहरी

काठमाडौं नेपाल प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले १७ वर्षीय किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा उजुरी परेको जनाएको

काठमाडौं प्रहरीले गौशाला वृत्तमा लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी परेको जनाएको हो

लामिछानेले किशोरीलाई काठमाडौं भक्तपुरको विभिन्न स्थानमा लगेर राती ११:५० बजे एक होटलको कोठा नम्बर ३०५ मा लगेर पटकपटक जवर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएको जनाएको हो

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर किशोरीको विस्तृत स्वास्थ्य परिक्षण गराइएको समेत जनाइएको

अनुसन्धानका बिविध बिधि प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएकोप्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको

प्रतिक्रिया

सम्बन्धित समाचार