
काठमाडौं । सरकारले एसिड आक्रमण पीडित युवती मुस्कान खातुनलाई ३ लाख रुपैँया आर्थिक सहायता दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्कानलाई ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए । \
त्यस्तै प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ विघा जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
मन्त्रिपरिषदले बैठकले गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
सरकारले नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए ।
प्रतिक्रिया