
काठमाडौं । माध्यामिक शिक्षा परिक्षा (एसईई) बैशाख ९ गतेदेखि हुने भएको छ ।
बुधबार बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले एसईई बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
एसईई परिक्षाको समयतालिका बिहीबार गोरखापत्र र परिक्षा बोर्डको वेबसाइटमा सार्वनिक हुने भएको हो । स्थानीय तहको निर्वाचनसंग एसईई परिक्षाको तालिका नजुधोस भनेर मिति तय गर्न केहि समय लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
प्रतिक्रिया