एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आइतबार बिहान १० बजे बस्ने भएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई जानकारी गराउन बैठक बस्न लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । समर्थन फिर्ताको जानकारी शुक्रबार नै संसद सचिवालयलाई गराइएको छ ।

कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार