
काठमाडाैं । सत्ता परिवर्तनका लागि कांग्रेस-एमालेबीच सहमति जुटेपनि एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छैन् ।
एमालेले आजै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ सरकार गठनका लागि तयारी गर्ने दाबी गरेपनि सचिवालय बैठकबाट एमालेले प्रधानमन्त्री प्रचण्डलाई बुधबार साँझसम्मको समय दिदै राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
एमालेले प्रधानमन्त्रीलाई राजीनामा गर्न आह्वान गरेपनि प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने बरु विश्वासको मत सामना गर्ने निर्णय पार्टी पदाधिकारी बैठकबाट गराएका छन् ।
एमाले-कांग्रेसले राष्ट्रिय सहमतिको सरकार भन्दै सबै दललाई आह्वान गरेपनि तत्काल यस्तो सम्भावना देखिएको छैन् । एमालेले सरकारबाट समर्थन फिर्ता लिने काम समेत नगरेपछि प्रधानमन्त्री प्रचण्डले थप समय पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले केहि समय लिएर ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रयास थाल्ने तयारी गरेका छन् । तर, कांग्रेस-एमालेबीचको सहमतिको कडी बलियो बनेसम्म प्रचण्डले सत्ता त्याग्नैपर्ने बाध्यता छ ।
प्रतिक्रिया