एमालेको पोलिटव्युरो बैठक सुरु

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ ।

स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न एमालेको कार्की व्यांक्वेट बबरमहलमा बैठक सुरु भएको हो ।

पोलिटव्युरो बैठकमा पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्ड र समसामयिक राजनीतिका साथै केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुने एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार