एकाविहानै फेसबुकमा प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । अल्पमतमा रहेर पनि विश्वासको मत लिन तम्सेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकाविहानै सामाजिक सञ्जाल फेसबुकमा निर्देशन दिएका छन् । देशभर लागु हुने गरि उनले फेसबुकमार्फत निर्देशन दिएका हुन् ।

नेपाल कांग्रेस र नेकपा एमालेको सत्ता खेलको चपेटामा परेका प्रधानमन्त्री प्रचण्डले देशभर प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धार र राहतमा सक्रिय बन्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

उनले मुलुकका विभिन्न भागमा अविरल वर्षापछि आएको बढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन गरेका हुन् ।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढीपहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको समेत उनले जनाएका छन् ।

उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार