
१६ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा रहेका छन् । यसक्रममा उनी विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् ।
शनिबार उनले भूकम्पपछि पुनःर्निर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे ।
सिचुवान प्रान्तमा सन् २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ ।
चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो ।
भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा भएको पुनर्निर्माण तथा भूकम्पको अध्ययन अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् ।
प्रतिक्रिया