इन्चार्ज र सचिवहरुलाई ड्राफ्टको काममा लगाइने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरुलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

आइतवारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन् । बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय समेत गरेको छ ।

जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने छ । यसैगरि, बढीमा १० दिनभित्रमा केन्द्रीय कमिटी सदस्यको टुंगो लगाइने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार