आज जताततै खतरा, कुन समयमा कहाँ नजाने ?

काठमाडौं । देशभर निरन्तरको वर्षापछि आएको बाढी, पहिरो, डुबानले वितण्डा मच्चाइ रहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । सहर बजारमा समेत डुबानले त्राहिमामको अवस्था छ । यस्तो अवस्थामा आइतबार पनि दिनभर पानी पर्ने भएकाले ज्यान जोगाउनका लागि सतर्क बन्न बाढी पूर्वानुमान महाशाखाकाले सचेत गराएको छ ।

कहाँ–कहाँ छ खतरा ?

बाढी पूर्वानुमान महाशाखाले आइतबार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

त्यसैगरी झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार