
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शर्माले छानविन समितिलाई सहयोग गर्न पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
प्रतिनिधिसभाले सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गाैतम, प्रदीप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव सदस्य रहेको समिति गठन गरेको छ । समितिलाई काम प्रारम्भ गरेको १९ दिनभित्र प्रतिवेदन बुझाउन समययसीमा दिइएको छ ।
प्रतिक्रिया