
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप लागेपछि उनीमाथि छानबिन गर्न ‘संसदीय विशेष छानविन समिति’ गठन भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रालयमा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएको भन्दै विरोध गरेपछि छानविन गर्न समिति गठन भएको हो ।
प्रतिनिधिसभा सदस्यहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गाैतम, प्रदीप कुमार ज्ञवाली, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत सुरेन्द्र यादव समितिमा रहेका छन् ।
प्रतिक्रिया