अबको तीन दिन कहाँ-कहाँ छ खतरा ? कुन समय के गर्ने ?

काठमाडौं । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू साथै बागमती, बबई, पश्चिम राप्ती, पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ।

 

सोमबार र मंगलबार महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन भनिएको छ ।

सोमबार कन्चनपुर जिल्ला भई बहने अधिकांश नदीहरूमा आकस्मिक बाढीको अति उच्च जोखिम, कैलाली, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स(साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।

साथै डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार